

पतन्जली योग समिति कपिलवस्तुको १०औँ भेला, अध्यक्षमा ज्ञावाली





ई–साझाकुरा, कपिलवस्तु । पतन्जली योग समिति कपिलवस्तुको दशौँ बार्षिक भेला तथा चौथो समिति गठन कार्यक्रम शुक्रबार होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालय बाणगङ्गा ४ सिद्धिपुरमा सम्पन्न भएको छ्।
पतन्जली योग समिति कपिलवस्तुका जिल्ला अध्यक्ष्य कृष्ण मुरारी ज्ञावालीको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनि प्रदेश प्रभारी प्रेम शाहको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा समितिको साङ्गठनिक प्रतिबेदन महासचिव पोम नारायण पौडेल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष बिनिराम पौडेलले प्रस्तुत गर्नु भएको थियो समितिका सञ्चार प्रभारी प्रेमनारायण पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष शंकर प्रसाद आचार्यको स्वागत मन्तव्य तथा सचिव दुर्गा प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा लुम्बिनि प्रदेश महामन्त्री घनश्याम अधिकारी, होराइजन माविका प्राचार्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश सल्लाहकार गृजेश शरण चौधरी, लुम्बिनी प्रदेश सह प्रभारी शारदा पोखरेल, सस्थापक अध्यक्ष आत्माराम आचार्य, प्रदेश सङ्गठन मन्त्री लक्ष्मण ज्ञवाली, प्रदेश कोषाध्यक्ष मालती अधिकारी, महिला समिति अध्यक्ष बिष्णु माया श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।
यसैबीच सम्पन्न चौथो समिति गठनबाट आगामी कार्यकालका लागि पतन्जली योग समिति कपिलवस्तुले अध्यक्षमा कृष्णमुरारी ज्ञवालीलाई जिम्मेवारी दिएको छ । यस्तै बरिष्ठ उपाध्यक्षमा शंकर प्रसाद आचार्य, उपाध्यक्षमा पोमनारायण पौडेल, महिला उपाध्यक्षम बिमला गौतम , महासचिव दुर्गा प्रसाद पौडेल, संगठन सचिवमा डम्बर देव पाण्डे चयन हुनुभएको । यस्तै समितिको कोषाध्यक्षमा बिनीराम पौडेल, सचिव बाबुराम भण्डारी र सोसल मिडिया प्रमूखको जिम्मेवारी प्रेमनारायण पौडेलले पाउनुभएके छ भने अन्य सदस्यमा रहनुभएको छ । समितिले १७ सदस्यीय मुल कार्यसमिति गठन गरेको छ भने आजै बसेको बैठकले महिला पतञ्जली योग समितिको पनि समिति विस्तार गरेको छ । जसको अध्यक्षमा इशा जि.सी, उपाध्यक्ष पवित्रा पाण्डे, महासचिव देवकला भण्डारी, संगठन सचिव लेखा शर्मा घिमिरे, कोषाध्यक्ष कमला कडेल, सचिवमा उमा खनाल र सोसल मिडिया प्रमूखमा कान्ता गहतराज चयन हुनुभएको समितिले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी












प्रतिक्रिया