डा. भट्टराई र मेयर साहबीच भेट

काठमाण्डौ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।

आज शुक्रवार दिउँसो उहाँहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श भएको भट्टराईले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।

यसैबीच नेता भट्टराईले मेयर बालेन्द्र साहलाई कार्यकालको सफलताको शुभकामना पनि दिनुभएको छ ।

प्रतिक्रिया

खबर सबै