

“बलदेव” माओवादी स्थायी समितीमा चयन





भुपाल थापा, काठमाडौं
नेकपा माओवादी केन्द्रले पार्टीको लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’लाई’ स्थायी कमिटी र पोलिट ब्यूरो सदस्यमा चयन गरेको छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहनुभएका खनाललाई बिहिवार बसेको केन्द्रिय समितिको बैठकद्वारा स्थायी समिती र पोलिट ब्यूरोमा चयन गरेको हो ।
माओवादीले पार्टीको विधान बमोजिम खनाल सहित ४१ जनाको स्थायी कमिटी गठन गरेको छ । बैठकले बलदेवलाई स्थायी समितिमा छैठौं र पोलिट ब्यूरो सदस्यमा आठौं बरियतामा चयन गरेको छ ।
जिल्लामा माओवादी केन्द्रलाई मजबुत र संख्यात्मक तथा गुणात्मक रुपमा सदस्यता बढाउन सांसद खनालको भूमिका उत्कृष्ट रहेको छ ।
कपिलवस्तुमा हालै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा बिगतको निर्वाचन भन्दा बढी स्थानमा माओवादी केन्द्रका जनप्रतिनिधि बिजयी हुनुमा बलदेवको प्रभावकारी भूमिका रहेको जानकार बताउँछन्।
केपी ओली नेतृत्वको सरकारले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दा खनाल संघीय सरकारको कृषि तथा पशुपन्क्षी बिकास मन्त्री हुनुभएको थियो ।
बि.सं. २०७४ साल फागुनबाट मन्त्रीको जिम्मेवारी सम्हानुभएका खनालले सरकारमा रहँदाको २१ महिने कार्यकाल पूरा गर्नुभएको थियो ।
उक्त अवधिमा भारतबाट धुलो दूध र अस्वस्थ खसिबोका आयातलाई रोक्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलि र ओलि निकट ब्यापारीहरुको दबाबका कारण राजिनामा दिन बाध्य हुनुभएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया