कपिलवस्तुमा करेन्ट लागेर एक युवकको ज्यान गयो

कपिलवस्तु । करेन्ट लागेर कपिलवस्तुमा एक युवकको मृत्यु ज्यान गएको छ ।

जिल्लाको महाराजगंज नगरपालिका ३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर १० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै