

युुवा नेता तिलक गिरीको जन्मोत्सव वाल गृहका वालकसँग





हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक युवा नेताले आफ्नो ३५ औँ जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृहका बेसाहारा वालकहरुलाई भोजन खुवाई उदाहरणिय कार्य गर्नुभएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ निवासी राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि उपाध्यक्ष तिलक गिरीले जन्मोत्सवको अवसरमा कपिलवस्तु वाल गृहका बेसाहारा वालकहरुलाई भोजन गराउनुभएको हो ।
वि.स. २०४४ असार २२ गतेका दिन जन्मिनुभएका युवा नेता गिरीले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो ।
जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला गिरीले गतिलो उदाहरण दिनुभएको छ । उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । नगर कमिटि उपाध्यक्ष गिरीले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।
भोजन ग्रहण गरेसंगै वाल गृहका वालकहरुले राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि उपाध्यक्ष तिलक गिरी, उहाँकी धर्मपत्नी लगायत परिवारलाईधन्यवाद दिंदै समुज्ज्वल भविष्यको कामना गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया