

पत्रकार समाजका ऐना हुन, तथ्यलाई केेलाएर समाचार लेख्नुपर्छ : मेयर श्रेष्ठ





भगवती न्यौपाने / राधा पाण्डे, कपिलवस्तु । पत्रकार समाजको ऐना भएको बुद्धभुमि नगरपालिकाका मेयर केशव कुवर श्रेष्ठले बताउनु भयो । बुद्धभमि नगरपालिका बुड्डी कपिलववस्तुको आयोजना मेरो साथी एफ.एमको समन्वयमा भएको मिडिया अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अहिलेका समाचार सामाजिक संञ्जालको स्टाटसको रुपमा केन्द्रित भएको बताउदै पत्रकारले जहिले पनि समाचार लेख्दा सत्य तथ्य समाचार केलाउन आग्रह गर्नु भयो ।
शिक्षा, स्वास्थ्य, कृषिका लागि प्राथमिकताका साथ हेरेको बताउदै पर्यटकिय प्रबद्धनममा पनि नगरले विशेष चासोे दिएको नगर प्रमुख श्रेष्ठको भनाई छ ।
प्रशासकिय अधिकृत केशव राज सुवेदीले पत्रकारले समाज परिवर्तन गर्ने खालका समाचार लेख्नु पर्ने बताउनु भयो । नगरले मिडियासँग सहकार्य गर्र्दै आएको र आगामि दिन पनि गर्ने उहाँले बताउनु भयो ।
पत्रकार माहासंघका अध्यक्ष किरणमान बज्राचार्यले समाजलाई राम्रो दिशा तर्फ डोराउन पत्रकारको विशेष भुमिका रहने बताउनु भयो । पेशालाई मर्यादित बनाउदै कुन समाचार कसरी सम्प्रेषण भएको छ भन्ने कुरा पत्रकारले ख्याल गर्नुपर्ने उहाँले बताउनु भयो ।
पत्रकार महासंघका पुर्व अध्यक्ष मनोज पौडेलले पित पत्रकारीता नभई पत्रकारले खोज पत्रकारीता गर्न सुझाव दिनु भयो । उहाँले आवाज बिहिनका आवाजलाई आफ्नो मिडियाको थलो मार्फत बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार मणि गैरकोे स्वागत मन्तव्यमा भएको कायक्रमको सञ्चालन दलित पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले गर्नु भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया