

कपिलवस्तुका जनप्रतिनिधीलाई प्रदेश सभापति पुनले भने, “जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभुति दिलाउनुस् “



कपिलवस्तु । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।
नेपाली काँग्रेस कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि बिहीबार बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा सभापति पुनले पार्टीको समन्वयमा जनतामाझ गरेको प्रतिबद्धता अनुरूप काम गर्नुपर्ने बताए ।
उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभूति हुने गरी सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । पार्टीविरुद्ध गलत क्रियाकलाप गर्ने प्रवृत्ति बढेको औँल्याउँदै उनले यसलाई निरुत्साहित गर्नु सबै कार्यकर्ताको दायित्व भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, प्रदेश सहमहामन्त्री नीमा गिरी, लुम्बिनी प्रदेश सरकारकी ग्रामीण, पर्यटन तथा सहरी विकास राज्यमन्त्री रिना नेपाल लगायतले सम्बोधन गरेका थिए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया