

डाइभर्सन निर्माणपछि खुल्यो पूर्व–पश्चिम राजमार्ग





बुटवल
पूर्व–पश्चिम राजमार्ग आज विहानैदेखि सूचारु भएको छ । वर्षासँगै बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरूद्ध बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । रातभर डाइभर्सन निर्माणको काम गरेर विहान ३ बजेदेखि एकतर्फी तथा विहान ५ बजेपछि दुई तर्फी सडक खुलाउन सफल भएको हो ।
मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरू गरेका छन् ।
यता बुटवल–पाल्पा सडक खण्ड पनि सूचारु भएको छ । हिजो साझदेखि नै उक्त सडक सुचारु भएको हो । वर्षाका कारण माथिल्लो सिद्धबाबा नजिकै खहरे खोलाले बगाएर ल्याएको गग्रेटो र ढुङ्गाका कारण सडक अवरुद्ध भइरहने समस्या रहेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म लुम्बिनी प्रदेश भित्रका कुनै पनि मूख्य सडकहरुमा अबरोध रहेका छैनन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया