

भोलि दिउँसोसम्म नै झरीको सम्भावना, तराई र पहाडी क्षेत्रमा जोखिम धेरै





काठमाण्डाै
गएरातिदेखिको झरी अझै रोकिएको छैन ।
भोलि दिउँसोसम्म झरी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँकाअनुसार केही ठाउँमा आज पानी पर्न रोकिए पनि केहीबेर पछि फेरि पर्ने छ । भोलि दिउँसोपछि भने मौसममा केही सुधार आउने उहाँले जानकारी दिनुभयो ।
हिजोदेखि नै तराई र पहाडी जिल्लामा ठूलो वर्षा भइरहेको छ । विशेष गरी लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अति ठूलो पानी परिरहेको मौसमविद् पौडेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा प्युठानमा १ सय ४० मिलिमिटर पानी परेको छ ।
यस्तै, पोखरामा १ सय ६४, पाल्पामा १ सय ४८, नेपालगञ्जमा १ सय ४५, दाङमा १ सय ३५, रौतहटमा १ सय ६ र कैलालीमा ९५ मिलिमिटर वर्षा मापन भएको छ । एक सय मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।
यसैबीच, लगातारको झरीले बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा पनि मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ ।


खबर सबै
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ











प्रतिक्रिया