
अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

एजेन्सी
पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ ।
बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ ।
बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न सकिनेछ । आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नाङ्गो आँखाले नै देखिएको खगोलविद्ले जनाएका छन् । यी ग्रहहरू एउटै लहरमा यसअघि सन् २००४ को डिसेम्बरमा देखिएका थिए ।
अब सन् २०४० मा एउटै लहरमा देख्न पाइने अमेरिकन एस्ट्रानोमिकल सोसाइटीले जनाएको छ । सौर्यमण्डलमा रहेका ग्रहहरूले आफ्नै कक्षमा सूर्यको परिक्रमा गर्ने र यही क्रममा ती ग्रहहरु एउटै लहरमा आउने गरेका हुन् । ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण हुने ज्योतिषीहरूको मान्यता छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया