

लुम्बिनी प्रदेश : सबै सरकारी निकायको सूचना एउटै एपमा



ईसाझाकुरा / रुपन्देही
अब लुम्बिनी प्रदेश अन्तर्गतका सबै सरकारी निकायको सूचना एउटै मोबाइल एपमा उपलब्ध हुने भएको छ ।
बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै सबै निकायका सूचना तथा अभिलेख एउटै मोबाइल एपमार्फत उपलब्ध गराउने योजना ल्याएका हुन् ।
मन्त्री खड्काले ‘डिजिटल प्रदेशको आधारः हात हातमा प्रदेश सरकार’ नाराका साथ यो परियोजना अघि बढाइएको बताए ।
प्रदेश सरकारका सबै निकायका सूचना तथा अभिलेखका लागि मोबाइल एप तयार गरी सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । यसले नागरिकमाझ प्रदेश सरकारको पहुँच अभिवृद्धि गर्न मद्दत पुग्ने अपेक्षा प्रदेश सरकारले लिएको छ ।
यसका साथै प्रदेशलाई डिजिटल बनाउन सूचना प्रविधि नीति तथा डिजिटल प्रदेशको गुरुयोजना तयार गर्ने काम समेत अघि बढाइने मन्त्री खड्काले बताए । साथै प्रदेश अन्तर्गतका सम्पूर्ण डेटालाई व्यवस्थित गर्न डेटा सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यक्रम समेत बजेटमा समेटिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया