रविको पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र ‘राइट टू रिकल, राइट टू रिजेक्ट’को अवधारणा

काठमाण्डौँ

रवि लामिछानेले प्रस्ताव गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सात विशेष घोषणा गरेका छन् ।

उनले दर्ता गर्ने पार्टीले निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्ति पहिले पार्टीभित्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गर्ने उनले बताएका छन् । त्यसका लागि पार्टीमा ‘प्राइमरी’ आयोजना गर्ने उनको भनाइ छ ।

त्यसै गरी पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको अवधारणा राख्ने, ‘राइट टु रिकल, राइट टु रिजेक्ट’को व्यवस्था हुने लामिछानेले बताए ।

साथै डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने, परिवारवादलाई पूर्णरुपमा निषेध गर्ने, भातृ संगठन र कार्यकर्तारहित पार्टी हुने तथा उद्योगी व्यापारीबाट कहिल्यै चन्दा नलिने लामिछानेले उद्घोष गरेका छन् ।

प्रतिक्रिया

खबर सबै