

तौलिहवामा साँघुरो सडकले दुर्घटना जोखिम, डिभाइडर र सोलार पोल हटाउन मेयरको निर्देशन





कपिलवस्तु । सडक साघँरो भई दुर्घटना जोखिम बढेको भन्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले तत्काल सडकमा राखिएका डिभाइडर र सोलार बत्तीका पोल हटाउन निर्देशन दिनुभएको छ ।
तौलिहवाको गौढी चोकदेखि भवानी भिक्षु चोकसम्म सडकका बिच भागमा राखिएका डिभाइडर र सोलार बत्तीको पोल हटाउन भनिएको हो ।
मेयर पौडेल सहित प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा, प्रहरी उपरीक्षक दानबहादुर कार्की, सडक पूर्वाधार कार्यालय शिवपुरका प्रमुख बिष्णु लामासहितको टोलीले सोमबार स्थलगत अनुगमन समेत गरेको थियो। सोही क्रममा मेयर पौडेलले बाटोको बीचमा रहेको डिभाइडर र सोलार बत्ती हटाउन निर्देशन दिनुभएको हो ।
मेयर पौडेलले बाटो साँघुरो भएकाले बीचमा रहेको डिभाइडर र सोलार बत्तीको पोलले गर्दा दुर्घटना बढेकाले आफूले हटाउन निर्देशन दिएको बताउनुभयो । अहिले सो बाटोमा नाला निर्माणको क्रमा रहेको र ठाउँ(ठाउँमा खनिएकाले सडक निकै साँघुरो छ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन













प्रतिक्रिया