पुर्व मन्त्री बलदेबको पहलमा कपिलवस्तुका महत्वपुर्ण दुई योजनालाई २०,२० लाख बजेट

हरि घिमिरे

पुर्व मन्त्री तथा कपिलवस्तु क्षेत्र न.१ का सांसद चक्रपाणि खनाल बलदेवको पहलमा कपिलवस्तुका दुई वटा महत्वपुर्ण योजनामा बजेट विनियोजन भएको छ । संघिय बजेट अन्तर्गत ई दुई ठुला योजनाहरु परेका हुन । जसमा मायादेवि गाँउपालिका वडा न. ३ को मर्थी खोला पुल खैरटी र बाणगंगा नगरपालिका वडा न. ५ र ७ लाई जोड्ने बाणगंगा नदिको को कजवेलाई २०,२० लाख वजेट विनियोजन भएको छ । बाणगंगा नदिमा ३ करोड बढी लागत बजेटबाट निर्माण भएकोको कज्वे ४ बर्ष नपुग्दै भत्कीएको थियो ।

केहि वर्ष अघिदेखि कजवेको साईड र जगभन्दा तलबाट पानी बग्दै आएको भएतापनी सम्बन्धित निकायले समयमै सामान्य मर्मत नगरि वेवास्ता गर्दा क्षती भएको हो । अहिले स्थानियलाई आवतजावत गर्न समस्या भएको छ । केहि समय अगाडि सो स्थानमा वलदेवले अनुगमन गर्नु भएको थियो । अनुगमन पश्चात बजेट विनियोजन गर्न सफल भएको बताईएको छ । यस्तै मायादेवि गाँउपालिका वडा न. ३ को मर्थी खोला खैरटीको पुल धेरै राजनितीक दलका चुनावि एजेण्डा बनेतापनि पुल नबन्दा स्थानियले सास्ति खेप्नु परेको थियो । यसपालिको बजेटले पुल बन्ने भएपछि स्थानियहरु खुसि भएका छन् ।

प्रतिक्रिया

खबर सबै