

रुपन्देहीमा मूल्यवृद्धी बिरुद्ध चक्काजाम



रूपन्देही । अनेरास्ववियु रुपन्देहीले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिविरुद्ध जिल्लाका विभिन्न ठाउँमा १ घण्टा चक्काजाम गरेको छ ।
अनेरास्ववियु रुपन्देहीले बुटबलको मिलनचोक, भैरहवा, सैनामैना, देवदहलगायतमा एकघण्टा चक्काजाम गरेको हो ।
पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको विरोधमा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर छुट गरी जनतालाई राहत दिन उनले माग गरेका छन् ।
बुटवलको मिलनचोकको आन्दोलनमा अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारी, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेललगायतले बोलेका थिए । सैनामैनामा केन्द्रीय सदस्य सीमा घिमिरे, जिल्ला कोषाध्यक्ष सुमित सापकोटा, देवदहमा केन्द्रीय सदस्य कृष्ण पौडेल, जिल्ला सहसचिव अर्जुन गैरे, भैरहवामा केन्द्रीय सदस्य सरोज ठकुरी, जिल्ला सहसचिव भीम भण्डारीलगायतले बोलेका थिए ।
आजको जक्काजाम सांकेतिक भएको र अब दैनिक उपभोग्य वस्तुको मूल्य नघट्दासम्म चरणबद्ध आन्दोलन गर्ने अनेरास्ववियुका जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख प्रकाश पराजुलीले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया