

अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द





कञ्चनपुर । अत्यधिक गर्मी बढेसँगै वेदकोट नगरपालिकाले विद्यालयमा बिदा दिएको छ। नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा नगरपालिकाले विदा दिएको हो।
जेठ २५ गते देखि २७ गतेसम्म विद्यालयहरु विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।
अत्यधिक गर्मीले मौसम प्रतिकूल भई विद्यालयको पठनपाठनमा निकै समस्या भएकाले विदा दिने निर्णय गरिएको उनले बताए। लामो विदाबाट मिलान गर्ने गरी विदा व्यवस्थापन गरिएको उनको भनाइ रहेको छ। यस अघि भीमदत्त नगरपालिकाले आजदेखि लागू हुने गरी चार दिन विद्यालयमा विदा दिने निर्णय गरेको थियो।
गर्मीका कारण विद्यार्थी बेहोस हुने, बिरामी पर्ने, कक्षा कोठामै सुत्ने र विद्यालय आउजाउ गर्न समेत निकै समस्या हुन थालेपछि स्थानीय तहले विद्यालयमा विदा दिन थालेका हुन्।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया