सडक निमार्णमा लापरबाही, ठुलो दुर्घटनाबाट जोगियो बस, बाणगंगा क्षेत्रमा दुर्घटना जोखिम

वाणगंगा

बर्दियाबाट काठमान्डौका लागि छुटे्को ना ६ ख ९३३ नंको रात्रीबस कपिलवस्तुको ४ नं जितपुर नजिक दुर्घटना भएको छ । गएराती २ बजेर ४५ मिनेट तिरको हो । काठमाण्डौ का लागि यात्रु लिएर हिडेको यात्रुबाहक बस सड्क छेउमा निर्माणका लागि बनाएको खाडलका कारण दुर्घटना भएको चालक दिलिप नेपालीले बताए ।

उनले विपरित दिशाबाट ट्रक आएको र त्यसलाई ओभरट्रयाक गर्दै बोलेरो आएको हुदाँ आफुले ठुलो दुर्घटना टार्न सडक छेउको खाल्डोमा लैजानुको विकल्प नरहेको बताए ।

यदि त्यो विकल्प नगरेको भए बोलेरो सँग ठोकिएर ठुलो दुर्घटना हुन्थ्यो उनले भने सड्कले मर्मत गर्ने नाममा धराप जस्तै बनायो खाल्डो नभएर सड्क सम्मो भएको भए दुर्घटना टर्ने उनले बताए । दुर्घटनाबाट बसमा क्षेत्री पुगेको छ भने मानविय क्षेती भने नभएको बताईएको छ ।

  सडक अलपत्र पर्दा स्थानिय आक्रोशित

सड्क मर्मत र चौडा गर्ने नाममा समयमै सड्क नबनाउदा दैनिक जसो सो क्षेत्रमा दुर्घटना हुने गरेको स्थानियबासीहरुले गुनासो गरेका छन् । सागुरो सड्क सवारी चाप बढी हुने हुदाँ दुर्घटना बढ्ने र जोखिम समेत बढ्ने गरेको भन्दै स्थानियबासी आक्रोशित भएका हुन् ।

४ नं चोक देखि केही पश्चिमबाट बुङ्गची क्यापस अगाडी सम्म सड्क विस्तारमा लागि भन्दै ठुलो खाल्डो बनाईएको छ । ट्राफिक पोष्ट पिपराका प्रमुख प्रहरि नायव निरिक्षक हरि वि.सी ले ठेकेदार लाई बोलाएर छिट्टै काम गर्न निर्देशन गरिएको बताए ।

उनले बस बाहेको दुर्घटना जानकारी नभएको बताए । विहिवार साझ दर्खास्त चोक अगाडी मोटरसाईकल दुर्घटना भएको थियो । यता सड्क डिभिजन कार्यालय शिवपुरका प्रमुख सुन्दर लामाले सडक बनाउदै गर्दा सावधानी अपनाउनुपर्ने भन्दै सड्कको मात्र लार्पवाही नहुने तर्क गरे उनले लुम्बिनी दर्पणले राखेको प्रश्नमा सुरक्षा संकेतको विषयमा डोरी बाध्ने र छिट्टै मर्मत गर्ने बताए । सडक मर्मतको ठेकेदार र कर्मचारीको ठिला सुस्तीका कारण नागरिकहरु जोखिममा परेको भन्दै सामाजिक संजालमा समेत आलोचना बढेको छ ।

प्रतिक्रिया

खबर सबै