रुपन्देहीको रोहिणी नदीमा बस खस्यो, ९ जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ।

लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ । बसमा ३३ जना सवार रहेका जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब केसीले बताए । बस रुपन्देहीको रोहिणी गाउँपालिका ४ र ओमसतिया गाउँपालिका ४ को सीमामा रोहिणी नदीमा खसेको हो ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

खबर सबै