अभिनेता पल शाहको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं । अभिनेता पल शाहको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ । शुक्रबार हाम्रो टिम नेपाल अभियानुले माइतीघर मण्डलामा पलको रिहाइको माग गरेर प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले पलको रिहाइको मागसहित पुरुष अधिकार सुनिश्चित गर्न पनि माग गरेका थिए । नेपालमा पुरुषहरूमाथि विभेद् भइरहेको उनीहरूको दाबी छ ।

उनीहरूले पुरुष अधिकार सुनिश्चित गर, महिला अधिकारको दुरूपयोग नगर, आरोप लगाउँदैमा दोषी करार बन्द गर, न्यायलाई पैसाको तराजुमा जोख्न पाइँदैन, समानतामूलक न्याय कायम गरु भन्दै नारा लगाएका थिए ।

प्रतिक्रिया

खबर सबै