

कपिलवस्तुका म्यादी भाई सिरियल अभिनयमा भित्रिए





कपिलवस्तु म्यादी भाइको रुपमा भाइरल किशोर नवराज रेग्मी सिरियल अभिनयमा देखिएका छन् । उनी ‘हल्का रमाइलो’ नाम सिरियल अभिनयमा देखिन थालेका हुन् । आइतबार प्रसारण भएको सिरियलको नयाँ भागमा उनी पनि देखिएका थिए । सिरियलमा उनी म्यादीकै पोसाकमा प्रस्तुत भएका थिए । रेग्मी ‘हल्का रमाइलो’ को अझै केही भागमा देखिने निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ ले बताए ।
‘मलाई सिरियल खेल्न मन छ भनेर रेम्मीले धेरै पटक फोन गरेर रिक्वेष्ट गरेपछि सिरियलमा अभिनय गर्न अवसर दिएका हौँ’ निर्देशक श्रेष्ठले भने ‘अब केही भागमा उनी देखिनेछन् ।’ अहिले सिरियलमा म्यादीकै पोसाकमा भित्र्याएको भएपनि अब कुनै रमाइलो पत्रको रुपमा अगाडि ल्याउने श्रेष्ठको भनाई रहेको छ ।
कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय रेग्मी म्यादी हुँ भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेपछि भाइरल भएका थिए । उनले म्यादी पोसाकको भिडियोमा भनेका थिए, ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ, बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया