बाणगंगा नगर कार्यपालिकामा एमालेको प्यानल विजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा कार्य पालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको मतपरिणाम अनुशार कार्यपालिका सदस्यमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।

मतपरिणाम अनुशार नेकपा एमालेका ५ जना महिला सदस्य र ३ जना दलित उम्मेदवार गरि पुरै ८ जनाको सिंगो प्यानल नै बिजयी भएको छ ।

यसरी बाणगंगामा नगर कार्यपालिकाको सदस्यमा महिला सदस्य अन्तर्गत केशरा गुरुङले ३४ मत, चन्द्रावती थारुले ३३, दानु घर्तीले ३३, शान्ता पाण्डेले ३३, शारदा परियारले ३३, यस्तै दलित तर्फ भने कृष्ण कुमार सुनारले ३४, दिल बहादुर सुनारले ३३, पिताम्बर बि कले ३३ मत ल्याएर बिजयी हुनुभएको वाणगंगा नगरका निर्वाचन अधिकृत टेकराज अर्यालले बताउनु भयो ।

उहाँले विजय हुने सम्पुर्णलाई टिका तथा प्रमाण पत्र दिनु भएको थियो ।

प्रतिक्रिया

खबर सबै