

हराइरहेको जहाजको खोजी भइरहेको छ : तारा एअर





काठमाण्डाै – हिजो बिहानदेखि हराइरहेको जहाजको खोजी भइरहेको तारा एअरले जनाएको छ । हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एन–एईटी–डीएचसी–६ ट्विनअटर जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो ।
हिजो दिनभर हेलिकप्टर र स्थलमार्गमार्फत खोजी भइरहे पनि जहाजको अवस्था थाहा हुन सकेको छैन । मौसमको खराबीका कारण खोजी कार्यमा समस्या भएको छ । हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको तारा एअरले जनाएको छ । हराइरहेको जहाज खोज्न जोमसोमबाट हेलिकप्टर पठाइए पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर फेरि जोमसोम फर्किएको थियो ।
जहाज खोजी तथा उद्धारका लागि काठमाण्डौ, पोखरा तथा जोमसोम विमानस्थलमा हेलिकप्टरहरु तयारी अवस्थामा राखिएको र मौसम सुधार हुनासाथ खोजीको काम फेरि सुरु गरिने तारा एअरले जनाएको छ ।
यस्तै, नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्धार टोलीले पनि खोजी काम गरिरहेका छन् । हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ।


खबर सबै
-
चीनमा विवाहको संख्या दशककै न्यून विन्दुमा
-
एसईई पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय
-
विश्वकप डिभिजन लिग-२ मा आज नेपाल र स्कटल्याण्ड आमने सामने
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ











प्रतिक्रिया