

अर्घाखाँचीमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले २ हजार रुपैयाँ दिने


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले सुरक्षित स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित कृष्णप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्दै बर्थिङ सेन्टर वा अस्पतालमा सुत्केरी हुने महिलालाई पोषण स्वरुप २ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले पाणिनि बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार ४० जना छात्र–छात्रा लाई निःशुल्क रुपमा अध्ययन गर्ने प्रबन्ध मिलाउने पनि प्रतिबद्धता जनाउनुभएको छ । यस्तै नगरवासीको न्युनतम विद्युत् महसुल भुक्तानी गरिदिने र नगरपालिका भित्र सञ्चालित लिफ्टिङ्ग खानेपानी आयोजनाको ६० प्रतिशत विद्युत् महशुल भुक्तानी गरिदिने बताउनुभएको छ ।
समृद्ध सन्धिखर्क निर्माणको मूल आधार भन्ने मान्यतामा रही गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको उपलब्धता तथा कृषि र पर्यटनको विकास गरी रोजगारी सिर्जना गरेर वैदेशिक पलायन रोक्ने पनि उहाँको भनाइ छ ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया