

पोखराको मेयरमा आचार्य र उपमेयरमा गुरुङ विजयी



कास्की – पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुनुभएकाे छ । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुनुभएकाे हाे ।
आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाउनुभयाे । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उम्मेदवार बनाएको थियो ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ विजयी हुनुभएकाे छ । उहाँ ६० हजार ५ सय ४६ मत प्राप्त गर्नुभयाे । उहाँकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयाे । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मत बढी प्राप्त गर्नुभयाे । राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाउनुभयाे ।
यस्तै, मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त गर्नुभयाे भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गर्नुभयाे । पोखराका ३३ वटा वडामा नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन् ।
मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिनुभएकाे थियाे ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया