


याेजना आयाेगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याइने



काठमाण्डाै
सरकारले राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट नछुट्याउने भएको छ ।
आज मङ्गलवार सङ्घीय संसद्को दुवै सदनको बैठकमा सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन नहुने बताउनुभएको हो ।
उहाँले सार्वजनिक खरिदसम्बन्धी कानुनलाई पनि सुधार गरिने बताउनुभयो । तीनै तहको बजेट कार्यान्वयनमा वित्तीय अनुशासन कायम गरिने उहाँले उल्लेख गर्नुभयो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले भन्नुभयो, ‘पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट भइ राष्ट्रिय योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट विनियोजन गरिने छैन । विद्यमान कर प्रणालीको पुनरावलोकन गरी स्वच्छ, पारदर्शी, लगानी एवम् व्यवसायमैत्री बनाइने छ । स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक नीति तथा मापदण्ड बनाइनेछ ।’
भण्डारीले यस वर्ष तीन सय २५ किलोमिटर सडक कालाेपत्र गरेकाे, एक सय वटा पुल बनेकाे र थप १२ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि बताउनुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया