


कृष्णनगर नगरपालिका नगर प्रमुख शाहद्वारा पदभार ग्रहण



अजय मिश्र/ कृष्णनगर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् l आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् l नगर प्रमुख शाहले शुक्रवार साझ कपिलवस्तु जिल्ला अदालतमा कपिलवस्तु जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश तेजेन्द्र प्रसाद शर्माले रजत प्रताप शाहलाई सपथ ग्रहण गराएका थिए l
नगर प्रमुख रजत प्रताप शाहले पहिलो स्थानीय चुनावमा स्वतंत्र उमेदवार भै विजयी भएका रजत प्रताप शाह अहिलेको स्थानीय चुनावमा नगर प्रमुखमा पुन विजयी भएका छन् l कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा प्रमुख दान बहादुर खनाल, शिक्षा शाखा का बलराम पन्थी, योजना शाखा प्रमुख साकिर अहमद शाह, राजेश मिश्र, थुमा देवी उपाध्याय, प्रदिप चौधरी, सुदिप मौर्य, नागेश्वर मिश्र , इश्वरी प्रसाद पौडेल लगायत कर्मचारी हरूको उपस्थित रहेको थियोl


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया