

चासोका साथ हेरिएको बाणगंगा ७ मा एमालेको सहज जित



कपिलवस्तु । अत्याधिक चासोका साथ हेरिएको कािपलवस्तुको बाणगंगा नगपालिका वडा नम्बर ७ मा अन्तत : नेकपा एमालेले जित हात पारेको छ । यो वडामा पुन : दोस्रो कार्यकालका लागि नेकपा एमालेका विष्णु गिरी विजयी हुनुभएको छ ।
आफ्नो सहज जित देखेको नेपाली कांग्रेसले जनमतलाई सुरक्षित गर्न नसक्दा परिणाम एमालेको हातमा पुगेको हो । यहाँ नेकपा एमालेको राजनितिमा सक्रिय दुई छुट्टाछुट्टै उम्मेद्धार एक अर्काका बिरुद्ध चुनावी मैदानमा थिए । एउटै परिवारका दुई सदस्य एक अर्कााका बिरुद्ध एउटै पदमा उभिएका बेला यसको फाइदा आफुले लिने दाउमा रहेको कांग्रेसले अन्ततः जित हात पार्न सकेन ।
यस्तै छाता चुनाव चिन्ह लिएर एमाले भित्र विद्रोहका साथ निर्वाचनमा पुगेका नेत्र गिरीले समेत राम्रो मण परिणाम ल्याएका बेला यो वडामा अन्तत वडा अध्यक्षमा एमालेका विष्णु गिरी नै निर्वाचित भएका हुन । उनी निकटतम प्रतिद्धोन्द्धिसँग ठूलो मतान्तरका साथ विजयी भएका हुन । यस अघिको कार्यकालमा समेत अत्याधिक चर्चामा पाँच वर्ष बिताएका विष्णु गिरी यस पटक निर्वाचिन हँदा पनि उत्तिकै चर्चा पाएका हुन ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा







प्रतिक्रिया