

सन्धिखर्कमा एमाले उम्मेद्धार विजयी


अर्घाखाँची । अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ । जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७८१ मतान्तरले पराजित गरे ।
यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए ।
यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुखरउपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको हो ।
नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५मत पाएर विजयी बनिन् ।
गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८मतमा चित्त बुझाए ।


खबर सबै
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया