


मतगणनाको क्रममा बिजयनगरमा तनाव ग्रस्त



ईसाझाकुरा संवाददाता
वैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणनाका क्रम कपिलवस्तुको विजयनगर गाउँपालिका अहिले तनाव ग्रस्त बनेको छ ।
मत गणनाका क्रममा विजयनगर वडा नम्बर २ को मत गणनाको क्रममा विवाद सिर्जना भएको थियो ।
गोप्य स्रोतका अनुसार मत गणनाको स्थान बाहिर केहि च्यातिएका मतपत्र र डढेको मत पत्र भेटिएको बताइएको छ । यस्तै वडा नम्बर २ मा खसेको मत र गणना स्थलमा भएको मतपत्र मध्ये १५० भन्दा बढी मतपत्र हराएको उक्त स्रोतले बताएको छ । हराएका मतपत्रको अर्ध कट्टी समेत नभएको जनाइएको छ । उक्त स्थानमा अहिले मत गणना कार्य रोकिएको छ ।
जिल्ला सुरक्षाको टोलि समेत त्यहाँ रहेको जानकारी रहेको छ । केहि पक्षले भने उक्त काम एमालेको सल्लाह अनुसार गढबढ गरेको दोष समेत लगाएका छन् ।
निर्वाचन अधिकृत भविश्वर पाण्डेले भने यस बारे कुनै जवाफ दिन सकेका छैनन् ।
यस बारे हामीले निर्वाचन अधिकृत भविश्वर पाण्डेसँग कुरा गर्न खोज्दा उनको फोन भने उठेको छैन् ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया