

कपिलवस्तुमा ५ सय २६ सिटका लागि ३५ सय बढी उम्मेद्धार चनावी मैदानमा



कपिलवस्तु । कपिलवस्तुमा आसन्न स्थानीय तहको निर्वाचनमा ५ सय २६ पदका लागि ३५ सय बढीको उम्मेदवारी परेको छ । १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य महिला र दलीत सदस्य गरी कुल ५ सय २५ पदमा ३ हजार ५५२ उम्मेदवारी परेको हो।
उम्मेदवारी परेकामध्ये १४ जनाको खारेज भएको र ४५ जनाले फिर्ता लिएका थिए। ६ वटा नगरपालिकाको प्रमुखका लागि ६ जनाको, उपप्रमुखमा ६५, ४ वटा गाउँपालिका अध्यक्षका लागि ६५ र उपाध्यक्षका लागि ४९ जनाको उम्मेदवारी परको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९६ वडाध्यक्षका लागि ८ सय ८ जनाको, १ सय ९२ वडा सदस्यका लागि १ हजार ३१२, ९६ महिला सदस्यमा ६ सय ३, दलित महिला सदस्यमा ५ सय ६४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचनपछि २६ जना दलित र अल्पसंख्यक सदस्य मनोनित हुनेछन् । सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ६ सय ३१, शिवराज नगरपालिकामा ३ सय ७७, कपिलवस्तु नगरपालिकामा ३ सय ७४, मायादेवी गाउँपालिकामा ३ सय ५, महाराजगञ्ज नगरपालिका ३ सय ४६, र सुद्धोदन गाउँपालिकामा ३ सय ४४, विजयनगर गाउँपालिकामा ३ सय ३९, वाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकामा २ सय ५९ र२ सय ५९ जनाले, बुद्धभूमिमा २ सय ६५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका प्रमुख ज्ञानुरा पन्थीले बताए । उता विभिन्न पदमा ३ सय ७३ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यस्तै एमालेले विभिन्न पदमा ४ सय ९७, कांग्रेसले ४ सय ९४, माओवादी केन्द्रले ३ सय ३, जनता समाजवादी पार्टीले ३ सय ४, राप्रपाले ३ सय १ लोकतान्त्रिक समाजवादी पाटीले २ सय ९३, जनमत पार्टीले २ सय ३५ नेकपा एकीकृत समाजवादी पार्टीले १ सय ७१ जना उम्मेदवार खडा गरेको छ। जिल्लामा २७ वटा दल दर्ता भए पनि २४ वटा दलले मात्र उम्मेदवार खडा गरेका छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया