


पैसाको खेलमा उम्मेद्धार चयन भयो, मैले बिद्रोह गरेँ : कुमार मधु बेल्वासे



कपिलवस्तु । यहिँ वैशाख ३० गते हुने स्थानीय तह चुनावमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ मा ने.क.पा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्धारी दिएका कुमार मधु बेल्वासेले आफ्नो ४० वर्ष लामो राजनितिमा पैसाको चलखेलबाट बाइपास गर्न खोजेका कारण आफु अलग भएको बताएका छन् । यस्तै उनले जनताको अभिमत स्विकार्य हुने पनि बताएका छन् ।
माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडाबाट चुनावमा गएका बेल्वासेले एमाले भित्रको लामो राजनितिक इतिहासमा पार्टीले अवमुल्यन गरेको भन्दै स्वतन्त्र उम्मेद्धारी दिएको पनि बताएका छन् । उनले चुनावमा जित हार स्वभाविक रहेको भन्दै आफु जितको लडाइमा होमिएको समेत स्पष्ट पारेका छन् ।
२०५४ सालमा भलवाडमा गा.वि.स अध्यक्ष समेत बनेका उनी एमाले भित्र सक्रिय राजनितिमा थिए । हाल भने उनलाई एमाले कपिलवस्तुले पार्टीको कुनैपनि पदमा नरहने गरी कार्वाही गरेको छ ।
भलवाडको शैक्षिक तथा वित्तिय क्षेत्रमा समेत योगदान पु¥याएका बेल्वासे हाल साना किसान कृषि सहकारी संस्था भलवाडका अध्यक्ष हुन । उनले २०६६ साल सम्म घाटामा रहेको साना किसान कृषि सहकारीमा नेतृत्व लिए सँगै एक उत्कृष्ट सहकारी संस्थाको रुपमा समेत स्थापित गरिसकेका छन् ।
४०—४५ वर्षको आफ्नो लामो राजनितिमाथी पैसाको चलखेलबाट उम्मेद्धार चयन गरी आफुलाई वाइपास गर्ने काम भएपछि आफु स्वतन्त्र उम्मेद्धार बनी चार दलीय गठबन्धनमा जोडिन आएको बताए । उनले आफु सँगै गठबन्धनका सबै उम्मेद्धारलाई विजयी बनाउन अपिल पनि गरेका छन् । गाउँका प्रत्यक जनताका बिचमा पुगेर विजयको सुनिश्चित गर्नुपर्ने समेत उनले बताएका छन् ।
कुमार मधु बेल्वासे सँगै उनको प्यानलबाट महिला सदस्यमा राधा खनाल, दलित सदस्य तर्फ टेक कुमारी दर्जी, खुला सदस्य पुरुष तर्फ कुन्तामणि भुसाल तथा यादुनाथ शर्मा चुनावी मैदानमा उभिएका छन् ।
बाणगंगा ९ मा नेपाली कांग्रेसबाट नारायण थापा र नेकपा एमालेबाट कमल पौडेल चुनावी मैदानमा रहेका बेला कुमार मध्यु बेल्वासेको उम्मेद्धारीले यी दुई दललाई समेत चुनावमा प्रत्यक्ष असर पुग्ने देखिएको छ ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया