पालिका चुनावका लागि कपिलवस्तुमा नेपाल- भारत सीमा ७२ घण्टा बन्द हुने

कपिलवस्तु । आगामी बैशाख ३० गते हुने स्थानीयत तहको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ । कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरसी, तथा भारतको सिद्धार्थनगर बलरामपुर जिल्लाको सुरक्षा अधिकारीको रुपन्देहीको भैरहवामा भएको नेपाल भारत सुरक्षा अधिकारीको समन्वयात्मक बैठकमा सो निर्णय गरिएको हो । सो अवधीमा आवतजावत समेत पुर्णरुपमा बन्द गरिने छ । निर्वाचनलाई लक्षित गरी बैठकले दुई देश बिच एकीकृत सुरक्षा योजना समेत निर्माण गरेको कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्राले बताए । निर्वाचनतलाई लक्षित गरी सिमा नाकामा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती समेत हुनेछन । बैठकमा नेपालका ३ जिल्ला र भारतका २ जिल्लाका सुरक्षा अधिकारीहरु बिच बैशाख ३० गते हुने निर्वाचन लक्षित सुरक्षा बारे छलफल गरी योजना समेत निर्माण गरिएको उनले बताए ।

बैठक निर्वाचन केन्द्रित रहेको भन्दै उनले निर्वाचनलाई सुरक्षित, मर्यादीत, निष्पक्ष, भयरहीत बनाउने बिषयमा गहल छलफल भएको थियो । यस्तै सीमा नाकामा मदीराजन्य पदार्थ समेत बिक्री बितरण्मा रोक लगाईने छ । भारतीय सीमा नाका बजारमा नेपालीहरु लागु औषध सेवन गर्न जाने भएकाले त्यसमा समेत भारतीय सुरक्षाकर्मीैले अब निग्रानी बढाउने प्रजिअ मिश्राले बताए । सिमा नाकामा सुरक्षा चेक प्वाईन्ट राख्ने, तत्कालै सुचना आदान प्रदान गर्ने, लागु औाषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार अबैध हातहतियार, अबैध मुद्राको कारोवार, सिमा क्षेत्रमा सचेननामुलक कार्यत्रलम गर्ने तथा सिमामा निग्रानी बढाउने गरी निर्णय गरिएका छन ।

उता आचारसंहीता पालना गराउनकालागि भारत तर्फ रहेको फ्ल्याक्स मेशीन र प्रेसमा आचारसंहीता बिपरित छपाईको काम गर्न नदिन भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन । सो अवसरमा भारतको सिद्धार्थ नगरका डिएम संजीव रंजनले नेपालमा बैशाख ३० गते हुने निर्वाचनलाई सफल बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबिद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

खबर सबै