

अर्घाखाँचीमा एमालेका आचार्यद्वारा उम्मेदवारी फिर्ता


अर्घाखाँची ।
मालारानी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले जिल्ला कमिटी सदस्य बालकृष्ण आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा आचार्यले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मालारानी गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
उनले दोस्रो पटक दोहोरिन आकांक्षा राखेका थिए । एमालेले दलबहादुर भट्टराईलाई पालिका अध्यक्षको उम्मेदवार बनाएपछि आचार्यले आफूसँग पाटीले परामर्श नगरको भन्दै असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका थिए ।
एमाले नेताको छलफलपछि भट्टराईलाई नै सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता गरेको आचार्यले बताए । ‘कुरा मिल्यो, भट्टराईलाई अध्यक्षमा जिताउन दिल(ओ(ज्यान दिएर लाग्छु,’ उनले भने ।
यसैबीच चार दलीय गठबन्धन भएपछि मालारानीको अध्यक्षमा बागी उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य पिताम्बर भुसालले पनि फिर्ता लिएका हुन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया