कपिलवस्तुको बाणगंगामा गठबन्धन समुह फुटको संघारमा

कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा अन्ततः पाँच दलीय गठबन्धट टुट्को संघारमा पुगेको छ । नेपाली कांग्रेसले एक्लै चुनावमा जाने जनाएपछि बाणगंगामा तीन दलीय गठबन्धन बीच चुनावी तालमेल हुने भएको हो ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको पूर्व सन्ध्यामा तीन दलीय गठबन्धन बीच चुनावी तालमेल भएको छ ।
नेकपा (एकीकृत समाजवादी)ं वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप मेयरमा उठाउने गरि चुनावी तालमेल भएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य नारायण खनालले जानकारी दिनुभयो ।

केन्द्रीय सत्ता गठबन्धन बीचका ५ दल बीच पटक पटक वार्ता भएपनि कांग्रेसले चुनावी तालमेलका लागि अनिच्छा देखाए पछि वाणगंगामा तीन दल एक भएर चुनाव लड्ने घोषणा गरेका हुन् । वाणगंगामा कांग्रेसले एक्लै चुनाव लड्ने अनौपचारिक रुपमा बताउँदै आएपनि शनिबार औपचारिक रुपमै एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाइएको छ ।

यता नेकपा (माओवादी केन्द्र)ले पनि वाणगंगामा एक्लै चुनाव लड्ने बताउँदै आएको छ । कांग्रेससंग औपचारिक, अनौपचारिक संवाद गर्दै आएको माओवादीले शनिबार आफ्नो दल एक्लै चुनाव लड्ने गरि तयारी गरेको जनाएको छ ।
यता नेपाली कांग्रेसले भने अझै समय रहेको भन्दै आज पनि अन्तिम छलफल पाँच दल बिचमा हुने जनाएको छ । नेपाली कांग्रेसका बाणगंगा नगर सभापति विष्णु थापाले पार्टीको औपचारीक धारणा अझै नआएको भन्दै आज र भोली मनोनयनको समय रहेकाले आज एक चरण दलहरुका बिचमा छलफल गर्ने बताउनुभयो ।
उता कांग्रेस भित्रैका अन्य नेताहरुले भने बाणगंगामा एक्लै चुनावमा जानुपर्ने अडान सुरुदेखि नै राख्दै आएका छन् ।

शनिबार भएको एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा बीच भएको चुनावी तालमेलमा समग्र वाणगंगाको विकासका लागि साझा घोषणापत्र सहित उम्मेद्वार दिने सहमति गरेका छन् । ११ वडामा ५ वडामा राष्ट्रिय जनमोर्चा, तीन, तीन वडामा एकीकृत समाजवादी र जसपाले उम्मेद्वार उठाउने छन् । बैशाख १२ गते संयुक्त रुपमा मनोनयन दर्ताको तयारी थालेका यी तीन दलले आइतबारसम्म अरु कुनै दल गठबन्धनमा सहभागी हुन चाहे संवाद गर्न सकिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

खबर सबै