


राप्रपाले टुङ्गायो शिवराजमा मेयर र उपमेयर नाम



कपिलवस्तु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराजले मेयर उपमेयरको टुगों लगाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी शिवराज नगर समितिको पार्टी कार्यालय उदघाटन समारोहमा मेयर पदको उम्मेदवारहरुको टुंगो लगाएको छ । अन्य पार्टीमा उम्मेदवारको विषयमा विवाद भएकोले राप्रपाले विवादरहित तरिकाले उम्मेदवारको टुंगो लगाएको हो ।
स्थानिय तहको चुनाव अब २४ दिन मात्र बाकी रहेको अवस्थामा उम्मेदवारको टुंगो लगाउने राप्रपा पहिलो पार्टी बनेको छ । अन्य पार्टीमा उम्मेदवार क्षनोटको विषयमा विवाद रहेको छ ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह मेयर पदमा र शिवराज २ की विपासा चौधरीलाई उपमेयर पदमा सिफारिस गरेको राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले जानकारी दिनुभयो ।
जिल्लाको चन्द्रौटा बजारको मुख्य चोकमा पार्टी कार्यलाय उदघाटन समारोहमा राप्रपा केन्द्रिय सदस्य धुब्र रायमाझीले राप्रपाको उम्मेदवारलाई विजयी बनाउन कार्यकर्तालाई अह्वान गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कोषाध्यक्ष तथा शिवराज नगरपालिकाको नगर प्रमुखको उम्मेदवार सइद अहमद शाहले राप्रपाको जित सुनिश्चित भएको बताउनुभयो । कार्यक्रममा उप प्रमुख उम्मेदवार विपासा चौधरीले चुनवामा पार्टीले आफुलाई योग्य सम्झेर उम्मेरको रुपमा अघी सारेकोमा धन्यबाद समेत दिनुभयो ।
कार्यक्रममा प्रदेश सचिव राजन अधिकारी, राप्रपा प्रदेश सदस्य कृष्णनगर नगरपालिका नगर प्रमुख उम्मेदवार दिपक रजौरिया, प्रदेश सदस्य कनिज फातिमा, राज्रपा जिल्ला उपाध्यक्ष इदरिस मुसलमान, राप्रपा नेता डाक्टर दिपक पन्थी लगायतको नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया