कपिलवस्तुमा ८ हजार बढीले यसवर्ष एसइई परीक्षा दिदैँ

राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाका लागि कुल ८ हजार ८३ विद्यार्थी सामेल हुने भएका छन् । वैशाख ९ गतेदेखि सुरु हुने उक्त परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुले जनाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका चोपलाल बेल्वासेका अनुसार कपिलवस्तुमा परीक्षा संचालनका लागि कुल २७ केन्द्र निर्धारण गरिएको छ । यस्तै सबै केन्द्र हेर्ने गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई केन्द्राध्यक्ष तोकिएको छ । केन्द्राध्यक्षहरुलाई भोली मंगलबार प्रशिक्षण गरिने गरी तयारी भइरहेको पनि बेल्वासले बताउनुभयो । सबै केन्द्रहरुमा केन्द्राध्यक्ष नियुक्त भइसकेका छन् ।

परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउने गरी तयारी भइरहेको शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुले जनाएको छ ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका १४३ विद्यालयका कुल ८ हजार ८३ विद्यार्थी सहभागी हुने छन् । जसमध्ये नियमित तर्फ ७ हजार ८९५ र ग्रडबृद्धि तर्फ १ सय २८ जना छन । परीक्षा वैशाख ९ गते शुरू भएर वैशाख २० सकिने छ। परीक्षा बिहान ८ बजे शुरु हुने बेल्वासेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै