

स्वर्गद्वारीमा गठबन्धनका तीन दलबीच पद बाँडफाँट



प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकामा गठबन्धन दलबीच पदको बाँडफाँटसहित चुनावी तालमेलको निर्णय भएको छ ।
आइतबार गठबन्धनका तीन दल नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रबीचको बैठकले स्थानीय निर्वाचनका लागि पालिकादेखि वडातहसम्म पद बाँडफाँट गरेको हो।
सहमति अनुसार नेपाली कांग्रेसले नगरप्रमुख सहित ३ वटा वडा पाउने छ भने राष्ट्रिय जनमोर्चाले उपप्रमुखसहित ४ वटा वडा अध्यक्ष पाउने भएको छ। दुई वडाको नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तीन दलबीच जुन वडामा जसले नेतृत्व गर्नेछ, उसैको चिन्हमा लड्ने सहमति पनि भएको छ। विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति गिरबहादुर घर्ती, राष्ट्रिय जनमोर्चाका नगर इन्चार्ज इमानसिंह खड्का र माओवादी केन्द्रका अध्यक्ष टेकबहादुर भट्टराईको हस्ताक्षर रहेको छ।
प्युठानमा पद बाँडफाँट गर्ने स्वर्गद्वारी नगरपालिका पहिलो भएको छ। जिल्लास्तरमा भने सहमति हुन बाँकी छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया