

अब उपत्यका बाहिर पनि सीजीनेटको इन्टरनेट, एकसाथ ४ स्थानबाट सुरु




काठामाडौं
सस्तो मूल्यमा हाई स्पिड इन्टरनेट स्पिडसँगै नेपालको इन्टरनेट बजार आक्रामक रुपमा सुरु भएको सीजीनेटको इन्टरनेट सेवा अब उपत्यका बाहिर समेत उपलब्ध हुन थालेको छ । कम्पनीले हेटौँडा, नवलपुर, बुटवल र भैरहवाबाट एकसाथ सेवा सञ्चालनमा ल्याएको हो ।
गत वर्षको जेठ १८ मा सेवा सुरु गरेको कम्पनीले नेपालको इन्टरनेट बजारलाई नै उथलपुथल बनाइदिएको छ । चौधरी ग्रुप अन्तर्गतको कम्पनीले चनौती खडा गरेसँगै अहिले बजारमा इन्टरनेट स्पिड वार नै चलिरहेको छ ।
जसले अनुरूप विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनीहरू सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ल्याउन थालेका छन् । सुरु भएको करिब एक वर्षसम्म उपत्यकाभित्र सीमित सीजीनेटको सेवा अब भने बाहिरी जिल्लामा समेत पुग्न थालेको हो ।
सीजीनेटले हाल ९९९ रुपैयाँमा १२० एमबीपीएस तथा ६४९ रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले अहिले मार्केटिङको नयाँ शैली समेत अपनाउन थालेको छ । जसअनुसार ग्राहकहरूले निःशुल्क रुपमा १५ दिनको इन्टरनेट ट्रायल गर्न सक्नेछन् ।
१५ दिनको अनुभवको आधारमा कम्पनीको सेवा लिने कि नलिने भन्ने निर्णय लिन सहज हुने बताइएको छ । हाल इन्टरनेट सेवाको प्याकेजमात्र उपलब्ध गराइरहेको सीजीनेटले प्रतिस्पर्धी बजारमा चाँडै नै आफ्नो आईपीटिभी सेवा समेत ल्याउने तयारी थालेको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया