

प्युठानमा गठबन्धनसँगै नेकपा पनि चुनावी तयारीमा



प्युठान । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्युठानमा आधार इलाकाक रूपमा लिइएको माण्डवी गाउँपालिकाबाट निर्वाचनमा होमिने संकेत दिएको छ। जिल्लामा छलफल जारी रहेको बताउने पार्टीले पालिकामा भने माओवादी केन्द्रसहितको गठबन्धनमा मिलेर जाने गरी सहमति गरेको हो।
माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेर जाने बुँदामा नेकपाका नेता तथा माण्डवी गाउँपालिका इन्चार्ज बलबहादुर खत्रीले शुक्रबार हस्ताक्षर गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने र सत्ताधारी गठबन्धनसँगै तालमेल गरी जान नेकपा सकारात्मक देखिएको छ।
पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा गठबन्धन गरी लड्नेमा आफूहरू सकारात्मक रहेको नेकपाका जिल्ला सेक्रेटरी दिलबहादुर घर्ति (अजय)ले बताए। स्थानीय तहको पहिलो निर्वाचन बिथोल्ने प्रयास गरेको नेकपाले यो निर्वाचनमा आफ्ना शुभेच्छुकहरू चुनावमा उठे सहयोग गर्ने निर्णय केही दिनअघि केन्द्रीय बैठकबाट गरेको थियो। नयाँ पत्रिकामा समाचार छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया