

दैनिक साढे ७ लाखसम्म मतपत्र छापिँदै



३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ गर्ने भएको हो ।
आयोगले स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइसकेको छ । आयोगका अनुसार १ करोड ९४ लाख मतपत्र छाप्न करिब २५ देखि २८ दिन समय लाग्नेछ । काठमाडौंको मतपत्र १७ चैतपछि छपाइ हुनेछ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र आवश्यक पर्नेमा धमाधम छपाइ सुरु गरिएको जानकारी दिए ।
‘मतपत्र छपाइको काम सुरु भएको छ, स्थानीय तह निर्वाचनमा १ करोड ९४ लाख मतपत्र चाहिन्छ, अहिले जनक शिक्षामार्फत दैनिक साढे ६ देखि ७ लाख मतपत्र छपाइ भइरहेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया