

गण्डकीमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने सहमति



आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रभाव यकिन गरी आपसी गठबन्धन गर्नेमा सत्तारुढ प्रदेशस्तरका नेताहरु सहमत भएका छन् । केन्द्र भन्दा पनि प्रदेश र स्थानीय तहमा गठबन्धन गरेर गएमा धेरै स्थानमा आफ्नो पकड जमाउन सकिने उनीहरुको दाबी छ ।
नेपाली कांग्रेस गण्डकीको कार्यालयमा भएको बैठकमा सत्तारुढ ५ दलका नेताहरुबीच सो विषयमा सहमति गरेको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए । उनले चैत २२ मा बस्ने पुनः अर्को बैठकमा प्रदेशका ११ जिल्लामा संगठनको वर्तमान सांगठनिक अवस्था’दयगत यथार्थ जानकारी प्रस्तुत गर्ने सहमति भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले प्रदेश तथा जिल्ला तहका नेताहरुको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा मिलेर जाने निर्णय भएसँगै कार्यकर्ताहरुमा उत्साह भएको जनाए । उनले जुन स्थानीय तहमा जुन दलको पकड छ, सोही अनुसार नै अगाडि बढ्नुपर्ने प्रस्ताव दलका प्रतिनिधिले राखेको बताए ।
स्थानीय निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै पाँच दलको संयुक्त घोषणापत्र जारी गरिने तयारी छ । नेकपा (माओवादी केन्द्र) गण्डकी अध्यक्ष गायत्री गुरुङले केन्द्रको निर्देशन अनुसार वडा तहसम्मै गठबन्धन गरेर जाने सहमति भएको बताइन् । यो समाचारराजधानी दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया