

महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए



कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया (एमएफए)सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको तथ्याङ्क अगाडि ल्याएको हो।
स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमाएको उल्लेख गरिएको छ।
कोभिड-१९ को महामारी सुरु भएपछि खाडी, मलेसियालगायतका देशबाट नेपाल फर्केका १४२ जना श्रमिकलाई अध्ययनमा समेटिएको थियो। तीमध्ये ३७ दशमलव ६ प्रतिशतले आफूले विदेशस्थित नेपाली नियोगमा उजुरी दर्ता गराएको बताएका थिए भने स्वदेश फर्केकामध्ये २० दशमलव ४ प्रतिशतले आफूले नेपालमा आइसकेपछि वैदेशिक रोजगार विभाग, स्थानीय तह वा प्रहरीमा उजुरी दर्ता गराएको जानकारी दिएका थिए तर उनीहरूको उजुरीउपर के कस्तो सुनुवाइ भयो भन्ने विषय भने स्पष्ट हुन नसकेको पनि सोही अध्ययनमा उल्लेख छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया