

पहरो खोपेर बुद्धको मूर्ति



ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो ।
मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम थालिएको छ । पहारामा २७ फिट अग्लो बुद्धको मूर्ति बनाउन होटेल व्यवसायी तामाङको व्यक्तिगत ३७ लाख रुपियाँ र अन्य दुई जना स्थानीयको दुई लाख रुपियाँ गरी ३९ लाख रुपियाँ खर्च भइसकेको छ । बुद्धको शिर कुँद्ने काम अन्तिम चरणमा पुगेको छ ।
१२८ फिट अग्लो चट्टानमा मूर्ति कुँद्नका लागि करिब १० लाख रुपियाँमा एक हजार सात सयवटा बाँसको खट बनाइएको छ । सुरुमा ११२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण गर्ने योजना गरिएको भए पनि खर्च अभावले हाल शिर मात्र बनाइने तामाङले जानकारी दिए ।
मूर्ति कुँद्नका लागि काठमाडौँ दक्षिणकालीका मूर्तिकार सुकुराम दिम्दोङ तामाङको नेतृत्वमा गोदावरीका सहित चार जना कालीगढ खटिएका छन् । एक वर्षअघि काम सुरु गरिए पनि कोभिड–१९ का कारण केही समय रोकिएको थियो । निर्माणकर्ता मनकुमारले आगामी बुद्धजयन्तीमा बुद्ध मूर्तिको अनावरण गर्ने योजना रहेको बताए ।
यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया