

मधेसमा आक्रामकरुमा अघि बढ्दै ओली




अर्को महिना (वैशाख) देखि मुलुकमा ‘चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव’ जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।
हिमाल र पहाडमा एमालेको संगठन ‘मजबूत’ नै मानिन्छ। विगतमा ‘मधेस र संघीयता’ विरोधीको ‘ट्याग’ एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् । सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई-मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।
चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमालेले मधेसमा आक्रामक रूप अगाडि आएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया