

ट्रेडमार्क दर्ताको क्रम बढ्दै



कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।
विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता गर्ने क्रम यसअघि नै रहे पनि पछिल्लो समय स्वदेशी उत्पादकले समेत यसमा चासो देखाउन थालेको विभागले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया