

ठेकी बनाउने चँदरा पेसा सङ्कटमा



परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा सङ्कटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।
संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गदै आएका टेम्के मैयुङ गाउँपालिका-८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । विश्वकर्माले भने, ‘यो हाम्रो पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । मेहनत धेरै गर्नु पर्छ ।
मेहनत अनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन्। यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो।’ आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया