

रुस र युक्रेनका राष्ट्रपतिबीच वार्ता गर्ने समय भइसकेको छैन : रुसी राष्ट्रपति कार्यालय



एजेन्सी
रुसी राष्ट्रपतिको कार्यालयले रुसी र युक्रेनी राष्ट्रपतिका बीचमा वार्ता गर्ने बेला भइनसकेको बताएको छ ।
युक्रेनी राष्ट्रपति भाेलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा वार्ताको प्रस्ताव गर्नुभएकोमा रुसी राष्ट्रपतिको कार्यालयले सिधा वार्ताको बेला भइनसकेको बताएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले दुई देशका राष्ट्रपतिबीचको भेटवार्ता अहिले अलि चाँडो हुने टिप्पणी गर्नुभयो । उहाँहरूका बीचमा वार्ता हुनेगरी परिपक्व वातावरण बनिनसकेको उहाँको भनाइ छ ।
शीर्ष तहको वार्ता हुनका लागि घटनाक्रमले एउटा मोड लिइसकेको हुनुपर्ने र पर्याप्त गृहकार्य पनि हुनुपर्ने भन्दै उहाँले ती त्यस्तो केही नभएको बताउनुभयो । वार्तामा के–के विषयमा कसरी सहमति हुनसक्छ भन्ने स्पष्ट सङ्केत देखिएपछि मात्रै राष्ट्रपतिस्तरीय वार्ता सान्दर्भिक हुने उहाँको भनाइ छ ।
गएको फेब्रअरी २५ देखि रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । आक्रमण पछि दुवै देशका प्रतिनिधिमण्डलका बीचमा पटक पटक वार्ता भए पनि निष्कर्ष निस्कन सकेको छैन । विश्व समुदायले दुवै देशका शीर्ष नेताहरूलाई तत्काल वार्तामार्फत निकास निकाल्न र युद्ध रोक्न आग्रह गर्दै आएका छन् ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया