

बाणगंगाको स्काइलार्क स्कूलमा गरियो विद्यार्थी गुणस्तर र्सकल प्रस्तुतिकरण



भगवती न्यौपाने, कपिलवस्तु ।
जिल्ला शिक्षा समन्वय समितिका प्रमुख थानेश्वर घिमिरेले विद्यार्थीलाई औपचारिक शिक्षा सँगै, अनुशासन र नौतिक आदर्श शिक्षाको आवश्यकता पनि उत्तिकै पर्ने बताउनु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारी स्थित स्काइलार्क सेकेन्डरी इंग्लिस बोर्डिंग स्कुलमा विद्यार्थी गुणस्तर र्सकल प्रस्तुतिकरण एस. क्यु. सी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विद्यालयले प्रत्येक कक्षा कोठामा कर्नर लाईब्रेरि सञ्चालन ल्याएको नमुना कामको प्रशंसा गर्दै शिक्षकले पाठ्यक्रममा मात्रै सिमित नरहेर विद्यार्थीलाई भावि सिप पनि सिकाउन आवश्यक रहेको बताउनु भयो । विद्यालयका प्रध्यानध्यापक तोलाकान्त डुम्रेले विद्यार्थीमा लिडर सिपको विकास गराउने बताउदै यस्ता कार्यक्रले विद्यार्थीमा आफै समस्या खोजेर आफै समाधान गर्न सक्ने क्षमताको विकास हुने बताउनु भयो । विद्यालयका सल्लाकार रविवाहादुर काफ्लले विद्यार्थीलाई सक्रिय बनाउनको लागि विद्यालयले गरेको कार्यक्रम सरायिन रहेको बताउदै विद्यार्थीमा शिक्षा सँगै हरेक सिपको विकास हुनु पर्ने बताउनु भयो ।
शिक्षक यशोधा खत्रीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक केशव पुरीले गर्नु भएको थियो । विद्यार्थीले अगाडी गएर विभिन्न विषयको बारेमा बताएका थिए । विद्यालयले प्रत्येक कक्षा कोठामा कर्नर लाईब्रेरि सञ्चालन ल्याएको छ । उक्त कार्यक्रममा शिक्षक,विद्यार्थी र अभिभावको उपस्थिति रहेको थियो । कार्यक्रामा कक्षा ४ देखि ९ सम्मको विद्यार्थीको सहभागिता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया