१२ औँ कपिलवस्तु महोत्सवः मनिषा कोइलारा प्रमुख आकर्षण, चर्चित कलाकारहरुको आउने

ईसाझाकुरा संवाददाता

सक्षम व्यवसायी, समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र” भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगंगा जितपुर, बुद्ध रंगशालमा २०७८ चैत्र ३ गतेदेखि सुरु हुने १२ औँ कपिलवस्तु महोत्सवमा चर्चीत भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने भएकी छन ।

कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । कोइराला महोत्सवलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महोत्सव आयोजक समितीले जनाएको छ ।

कोइरालासँगै १२ औँ कपिलवस्तु महोत्सवमा शिव परियार, प्रमोद खरेल, प्रकाश सपुत, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत २ दर्जन बढि कलाकार आउने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताए ।

महोत्सव एतिहासिक तथा अन्य महोत्सव भन्दा फरकपन दिने गरी महोत्सवको तयारी तिव्र बनाइएको बताइएको छ ।

प्रतिक्रिया

खबर सबै