कपिलवस्तु महोत्सवको आकर्षकका रुपमा विश्वकै अग्लो युएईको (बुर्ज खलिफा) नमुना गेट बन्ने

ई साझाकुरा संवाददाता

सक्षम व्यवसायी, समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र” भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगंगा जितपुर, बुद्ध रंगशालमा २०७८ चैत्र ३ गतेदेखि सुरु हुने १२ औँ कपिलवस्तु महोत्सवको तयारी यतिबेला तिव्र रुपमा भएको छ । महोत्सवका विभिन्न आकर्षणका केन्द्रबिन्दु बनाउने बताएको आयोजकले विश्वकै अग्लो युएईको (बुर्ज खलिफा) आकर्षकका रुपमा रहने भएको छ ।

करिव ४५ फुट विश्वको अग्लो टावर (बुर्ज खलिफा) महोत्सवको प्रवेशद्धारका रुपमा रहने आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंले जनाएको छ । नेपालमा लाग्ने महोत्सवमा नयाँपन दिने उदेश्यले आफुहरुले नेपालमै पहिलो पटक ठुलो लगानीमा प्रवेशद्धाराका रुपमा ब्रुज खालिफा बनाउन लागेको आयोजकले बताएको छ ।

दुवईमा रहेको सो भवनलाई जस्ताको त्यस्तै बनाउन अहिले भारतको चेन्नईबाट कामदारहरु आएर टावर बनाउने काम अगाडी बढाएका छन ।

महोत्सवको आर्कषक बढाउन यस्तो टावरको नमुना बनाउन थालिएको महासचिव मनोज पौडेलले बताएका छन् । महोत्सव स्थलभित्र बुद्ध, शिव र गुम्भाको मुर्तिका साथै आर्कषक सेल्फी जोन समेत रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

महोत्सव सफल पार्न सबै सरोकारवालाले आ–आफनो ठाउबाट सहयोग गर्न समेत संयोजक घिमिरेले आग्रह गरेका छन । यस पटकको कपिलवस्तु महोत्सव फरक रहने आयोजकले बताएको छ । माघमा आयोजना हुने भनिएको महोत्सव कोरोनाका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै